काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ६० लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. ३१ लाखभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा २२१ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ४९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६० लाखभन्दा बढी सञ्चालन नोक्सानी व्यहोरेको हो । चुक्तापूँजी रू. ९ करोड ७५ लाख रहेको कम्पनीको जगेडा कोषमा रू. २ करोड ६७ लाखभन्दा बढी रहेको छ ।
यो त्रैमाससम्म रू. ८२ करोड ७७ लाखभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले रू. १ अर्ब २४ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले यो अवधिसम्म रू. ३१ करोड १० लाखभन्दा बढी निक्षेप संकलन गरेको छ ।
गत वर्ष ३ दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ९५ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२७ दशमलव ४३ रहेको छ भने रू. २४ दशमलव ७१ प्रतिशेयर घाटामा रहेको छ ।
स्रोतः कम्पनीको पहिलो त्रैमाससम्मको वित्तीय विवरणामा आधारित
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।