काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा अर्थात तीन महीनामा रू. १ करोड ७० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ६४ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ४ करोड ७५ लाख नाफा कमाएको थियो ।चालू आवमा कम्पनीको अन्य सञ्चालन खर्चमा वृद्धि भई सञ्चालन नाफा रू. १ करोड ६९ लाख ऋणात्म रहेकाले खुद नाफा घटेको हो । कम्पनीको अन्य सञ्चालन खर्च ४२ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ६० करोड रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. ८१ करोड ८७ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ५ अर्ब २४ करोड सापटि लिएर,रू. ३ अर्ब २८ करोड भन्दा बढी निक्षेप संकलन गरेर रू. १० अर्ब २२ करोड कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३७,मूल्य आम्दानी अनुपात ७४ दशमलव २४ गुणा, तरलता अनुपात ६ दशमलव २१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३६ दशमलव ४६ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।