काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियतमा एक आपसमा मर्जरमा जने भएका छन् ।
बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय भएको हो । यी दुवै बैंकले एक अपसमा गाभ्ने गाभिने प्रयोजनका लागि असार २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यी बैंकले एक आपसमा गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताले सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन र अन्य विविध पक्षहरूको समेत मूल्यांकन गरी सिफारिस गरेको शेयर आदनप्रदान अनुपात बैंक अफ काठमाण्डूको १०० कित्ता शेयर हुनेले ग्लोबल आइएमई बैंकको १०० कित्ता शेयर पाउने गरी निर्णय भएको बैंकले नेप्सेमार्फत जानकारी दिएको छ ।
मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ३४ अर्ब ४१ करोडभन्दा बढी पुग्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।