विद्युत् विक्री आम्दानी बढेसँगै खानी खोला हाइड्रोपावरको नाफामा उल्लेख्य वृद्धि

Share News

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी Khani Khola Hydropower Company Limited ले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६० प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. ७० लाख १९ हजार नाफा कमाएको कम्पनीले चालू आवमा नाफा रू. २ करोड ५३ लाख पुर्‍याएको छ ।

चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवमा तुलनामा चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी  ४५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ४ करोड ५७ लाख विद्युत विक्री आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ६७ लाख कमाएको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ५१ रहेकोमा चालू आवमा बढेर रू. ५ दशमलव ४३ पुगेको छ ।

कम्पनीको चुक्तापूँजी रू. ४६ करोड ५७ लाख रहेको छ भने चालू आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोष  रू.२ करोड ६० लाख ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ४१ र मूल्य आम्दानी अनुपात ३२ दशमलव २३ गुणा रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।