काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेड Mountain Energy Nepal Limited ले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. २७ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ५ प्रतिशत कमि आएको हो ।गत आवमा कम्पनीले रू. २९ करोड ६ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. १ करोड ९० लाख रहेकोमा चालू आवमा बढेर रू. ७ करोड ७४ लाख पुगेको हो ।
त्यसैगरी कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवको सोही अवधिमा २२ प्रतिशत बढेको छ । कम्पनीले गत आवमा रू. ३८ करोड ७१ लख विद्युत् विक्री आम्दानी गरेकोमा चालू आवमा बढेर रू.४७ करोड २३ लाख पुगेको हो ।
त्यसैगरी चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव शून्य १, मूल्य आम्दानी अनुपात ५४ दशमलव ३५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव २७ रहेको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९६ करोड रहेको छ भने चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब २८ करोड सञ्चित गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।