पहिलो त्रैमासमा एनएमबि लघुवित्त रू. ८० लाख १० हजार नोक्सानीमा, कारण यस्तो छ

Share News

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था  NMB Microfinance ले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ८० लाख १० हजार नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ३ करोड २४ लाख नाफामा थियो । चालू आवमा कम्पनीले सम्भावित जोखिमा बापतको व्यवस्थामा धेरै रकम छुट्याएको, खुद ब्याज आम्दानी घटेको र सञ्चालन नाफा रू. ८१ लख ७७ हजार ऋणात्मक रहेकाले कम्पनी नोक्सानीमा गएको हो ।  

कम्पनीले गत आवमा सम्भावित जोखिमा बापतको व्यवस्थामा रू. १ करोड १ लाख छुट्याएकोमा चालू आवमा रू. १ करोड ५५ लाख छुट्याएको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २२ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ३७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ५ दशमलव ६८ प्रतिशत पुगेको छ । 

कम्पनीको चुक्तापूँजी रू. ६५ करोड ५८ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. ३६ करोड २२ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ३ अर्ब ५ करोड सापटी र रू. १ अर्ब ८५ करोड निक्षेप स‌ंकलन गरी रू. ५ अर्ब ६४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ।

कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८९ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. १५५ दशमलव २४ र तरलता अनुपात १० दशमलव ६० प्रतिशत रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।