काठमाडौं । एनएमबि बैंक लिमिटेडबाट आईपीओ भर्दा आस्बा शुल्क नलाग्ने भएको छ ।
कम्पनीले अबदेखि सम्पूर्ण ग्राहकहरुले एनएमबि बैंकबाट निःशुल्क रुपमा आईपीओ भर्न सक्ने बताएको छ । एनएमबि सँगै अब आस्बा शुल्क निशुल्क गर्ने कम्पनीको संख्या आठ पुगेको छ ।
यसभन्दा अगाडि सानिमा बैंक, नबिल बैंक,सिद्धार्थ बैंक,एनआईसी एशिया बैंक,राष्ट्रिय बाणिज्य बैंक, कुमारी बैंक र नेपाल बैंकले पनि सि - आस्बा शुल्क नि : शुल्क गर्दै आएका थिए।
तर पछिल्लो समयमा थोरै संख्यामा शेयर जारी हुने र ठूलो संख्यामा आवेदन पर्ने भएको हुँदा आवेदन नपर्ने ग्राहकले समेत अनावश्यक रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्येक पटक सेवा शुल्क भुक्तानी गरिरहनु परेको गुनासो गर्दै आएका थिए ।
यसअघि सर्वसाधारण लगानीकर्ताहरुले संगठित रुपमै निःशुल्क सेवा प्रदान गर्नको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका थिए । सोही अनुरुप कुनै बैंकले ५ रुपैयाँ शुल्क लिँदै आएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।