बुटवल पावर कम्पनीले कमायो ८ करोड ५८ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

Share News

काठमाडौं । बुटवल पावर कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ८ करोड ५८ लाख नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा कम्पनीको नाफा १३ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. ७ करोड ५८ लाख नाफा कमाएको कम्पनीको चालू आवमा विद्युत् विक्री आम्दानी र ब्याज आम्दानी वृद्धि भएकाले नाफा बढेको छ ।

गत आवमा विद्युत् विक्री गरेर रू. २० करोड ७६ लाख आम्दानी गरेको कम्पनीले चालू आवमा रू. २१ करोड ४४ लाख आम्दानी गरेको छ । त्यसैगरी गत आवमा रू. २ करोड ६१ लाख ब्याज आम्दानी भएकोमा चालू आवमा रू. २ करोड ८४ लाख पुगेको छ ।

चुक्तापूँजी रू. ३ अर्ब २४ करोड रहेको कम्पनीले जगेडामा रू. ३ अर्ब ८० करोडभन्दा बढी सञ्चित गरेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६५, मूल्य आम्दानी अनुपात ११० दशमलव ९४ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१७ दशमलव २९ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।