हिमालयन डिष्टिलरीले पहिलो त्रैमासमा कमायो साढे २१ करोडभन्दा बढी नाफा 

Share News

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिष्टिलरीले रू. २१ करोड ५७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव १२ प्रतिशतले बढेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २१ करोड १२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा २ दशमलव ४४ प्रतिशत बढेको छ । गत वर्ष रू. २९ करोड ६५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ३० करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको छ । यो वर्ष कम्पनीले १२ दशमलव २९ प्रतिशत बढी रू. १ अर्ब ३८ करोड २४ लाख आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५१ करोड ८४ लाखभन्दा बढी रहेको छ ।

कम्पनीले ७५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी बढाएको हो । कम्पनीको जगेडा कोष रकम १४ दशमलव ४८ प्रतिशत बढेर रू. १ अर्ब ५४ करोड ३३ लाख कायम भएको छ । प्रतिशेयर आम्दानी रू. ५६ दशमलव ८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०१ दशमलव ६४ रहेको छ ।

स्रोतः कम्पनीको पहिलो त्रैमास सम्मको वित्तीय विवरण

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।