काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ४५ लाखभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । गत वर्ष यस अवधिसम्म रू. ७६ लाख ९१ हजार खुद नाफामा रहेको कम्पनीले यस वर्ष भने खुद नोक्सानी व्यहोरेको छ ।
यस वर्ष कम्पनीको कुल आम्दानी घटेको छ । गत वर्ष रू. १ करोड ३३ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ करोड १२ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको छ ।
कम्पनीको कुल खर्च पनि यस वर्ष १९ प्रतिशतभन्दा बढीले घटेको छ । गत वर्ष रू. ३० लाखभन्दा बढी रहेको कुल खर्च यस वर्ष रू. २४ लाखभन्दा बढी मात्र भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ३२ लाख ११ हजार रहेको छ । ५ प्रतिशत बोनस शेयर वितरण गरी यस वर्ष कम्पनीले पूँजी बढाएको हो ।
कम्पनीको रिटेन्ड अर्निङ गत वर्षभन्दा १४ प्रतिशत कम रू. १० करोड २३ लाख रहेको छ भने जगेडा कोष रकम रू. ८ करोड ८७ लाखभन्दा बढी रहेको छ । प्रतिशेयर रू. १ दशमलव ४९ नोक्सानीमा रहेको यो कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ११५ दशमलव २१ रहेको छ ।
स्रोत : कम्पनीको पहिलो त्रैमास सम्मको वित्तीय विवरण
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।