काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले गत वर्ष १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा गत वर्षभन्दा यस वर्ष लाभांश दर घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।