काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले पहिलो पटक आफ्ना शेयरधनीलाई लाभांश बाँड्ने भएको छ ।
कम्पनीले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले करसहित १० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै उक्त बैठकले लाभांश पारितको लागि पुस ८ गते साधारण सभा गर्ने जानकारी दिएको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर २७ गते बुक क्लोज गर्नेसमेत निर्णय गरेको छ । उक्त बुक क्लोजको आधारमा मंसिर २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।