काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड रू. ६ करोड ५० लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत चौथो त्रैमाससम्म रू. ८ करोड ६३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा भने २४ दशमलव ६६ प्रतिशतले नोक्सानी घटाएको हो । सञ्चालन नाफा गत चौथो त्रैमाससम्मको तुलनामा १७ दशमलव ४० प्रतिशत कम भएको छ ।
गत त्रैमाससम्म रू. १ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस त्रैमाससम्म भने रू. ९८ लाख ७६ हजार मात्र सञ्चालन नाफा गरेको हो । गत त्रैमाससम्मको तुलनामा यो त्रैमाससम्म कम्पनीको सञ्चालन नाफा १७ दशमलव ४० प्रतिशत कम भएको हो ।
विद्युत विक्री आम्दानी करिब २४ प्रतिशत घटेकाले यस वर्ष कम्पनीको सञ्चालन नाफामा कमि आएको हो । गत त्रैमाससम्म रू. २ करोड ३६ लाखभन्दा बढी रहेको विद्युत विक्री आम्दानी यस त्रैमासम्म रू. १ करोड ८० लाखभन्दा बढी भएको हो ।
कम्पनीको वित्तीय खर्च भने गत त्रैमासम्मकोभन्दा ९३ दशमलव ८३ प्रतिशत बढी भएको छ । गत त्रैमासम्ममा रू. ३ करोड १४ लाखभन्दा बढी वित्तीय खर्च भएको कम्पनीको यस त्रैमाससम्ममा रू. ६ करोड ९ लाखभन्दा बढी वित्तीय खर्च भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ भने जगेडा कोष रकम रू. ५५ करोड ५८ लाखभन्दा बढी ऋणात्मक छ । दिर्घकालिन कर्जा गत त्रैमाससम्मको तुलनामा साढे ६ प्रतिशत कम रू. ९१ करोड ८ लाख रहेको छ भने अल्कालिन कर्जा ८३ दशमलव २३ प्रतिशत बढेर रू. १० करोड ७२ लाख कायम भएको छ । प्रतिशेयर नोक्सानी रू. ४ दशमलव शून्य ७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६५ दशमलव २६ रहेको छ ।
स्रोतः कम्पनीको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा आधारित
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।