यस कारण घट्यो मन्दाकिनी हाइड्रोपावरको नाफा 

Share News

काठमाडौं। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३ प्रतिशत घटेको हो । गत आवमा रू. २ करोड ९० लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ७ लाखमा सीमित भएको छ ।

चालू आवमा कम्पनीको विक्री विक्री आम्दानी घटेकाले नाफा घटेको हो । गत आवमा विद्युत् विक्री वापत रू. ११ करोड ३६ लाख आम्दानी गरेको उक्त कम्पनीको नाफा चालू आवमा रू. ३ करोड ४३ लाखमा सीमित भएको हो । 

त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ८० लाख रहेको छ भने चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४ करोड ८२ लाख सञ्चित गरेको छ । गत आवको तुलनामा चालू आवमा जगेडा २८ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवमा जगेडामा रू. ३ करोड ७५ लाख  सञ्चित गरेको थियो ।  चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू.७ दशमलव २८(वार्षिक), मूल्य आम्दानी अनुपात ४३ दशमलव ४१ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव २ रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।