काठमाडौं । एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नका नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड छ । कम्पनीले कुल कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न र बाँकी रहेको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले आगामी १० वर्षसम्मको लागि वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा एनएमबि डिबेञ्चर १०.७५∞ २०८९÷२०९० नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । सेबोनबाट स्वीकृती पाएपछि मात्र कम्पनीले उक्त ऋणपत्र निष्कासन गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।