एभरेष्ट बैंकले मंसिर २६ गते बोलायो साधारण सभा, के-के छन् प्रस्ताव ?

Share News

काठमाडौं । एभरेष्ट बैंकले २८औं वार्षिक साधारण सभा मंसिर २६ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले काठमाडौं, लैनचौरस्थित ब्याक्वेट लैनचौरमा उक्त दिन बिहान ११ बजे साधारण सभा गर्न लागेकाे हाे । 

साधारण सभामा १३ प्रतिशत बोनस शेयर र ७ दशलमव ६८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पेश गरिने कम्पनीले जनाएकाे छ । यस्तै, कम्पनीकाे प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारितका लागि साधारणसभामा पेश गरिने छ । कम्पनीले हालै ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत गरेपछि पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव साधारणसभामा पेश गरिन लागिएकाे हाे ।  

त्यस्तै साधारणसभामा बैंककाे अधिकृत पूँजी रू. १० अर्बबाट बढाएर रू. १५ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारितका लागि पेश गरिने कम्पनीले जनाएकाे छ ।

साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।