काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुरामा मतदान गर्नुभएको छ ।
उहाँले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा आज बिहान मतदान गर्नुभएको हो । प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्रमा रहेको विद्यालयमा अध्ययन गर्नुभएको थियो ।
नेपाली कांग्रेसका तर्फबाट डडेलधुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका देउवा निर्वाचनअघि दुई पटक डडेलधुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावीसभामा सहभागी हुनुभएको थियो ।
विसं २०४८ बाट डडेलधुरादेखि निरन्तर चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री देउवा अहिले सातौं पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।