काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ६५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८६ दशमलव ३० प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म रू. ४ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षको तुलनामा कम्पनीको सञ्चालन नाफा समेत ८६ दशमलव ३० प्रतिशत कम भएको छ । गत वर्ष रू. ६ करोड ७८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले रू. ९२ लाखभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन खर्च करिब ५ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ५ करोड ८४ लाखभन्दा बढी सञ्चालन खर्च गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ११ लाखभन्दा बढी सञ्चालन खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४१ करोड ४५ लाख १३ हजार रहेको कमपनीको रिटेन्ड अर्निग रू. ११ करोड ७६ लाखभन्दा बढी रहेको छ । जगेडा कोष रकम रू. १४ करोड २३ लाखभन्दा बढी कायम भएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा २ दशमलव २८ प्रतिशत बढी रू. १ अर्ब ४५ करोड निक्षेप संकलन गरेको कम्पनीले करिब ५ प्रतिशत बढी रू. ५ अर्ब १० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पीले ४ दशमलव ८६ प्रतिशत बढी रू. ३ अर्ब ५ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष ४ दशमलव ६५ प्रतिशत निष्क्रिय कर्जा रहेको कम्पनीको यस वर्ष बढेर ४ दशमलव ८० प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ७१ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।