३ महिनामा इन्फिनिटी लघुवित्तले कमायो ६५ लाखभन्दा बढी नाफा 

Share News

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्म इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ६५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आवको तुलनामा यस आवमा कम्पनीको खुद नाफा ८६ दशमलव ३० प्रतिशत कम भएको हो । गत आवको यस अवधिसम्म कम्पनीले रू. ४ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको थियो । 

गत आवको तुलनामा कम्पनीको सञ्चालन नाफासमेत ८६ दशमलव ३० प्रतिशत कम भएको छ । गत आवमा रू. ६ करोड ७८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस आवमा रू. ९२ लाखभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो ।

गत आवभन्दा यस आवमा कम्पनीको सञ्चालन खर्च करिब ५ प्रतिशत बढी भएको छ । गत आवमा रू. ५ करोड ८४ लाखभन्दा बढी सञ्चालन खर्च गरेको कम्पनीले यस आवमा रू. ६ करोड ११ लाखभन्दा बढी सञ्चालन खर्च गरेको हो । 

चुक्तापूँजी रू. ४१ करोड ४५ लाख १३ हजार रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. ११ करोड ७६ लाखभन्दा बढी छ । जगेडा कोष रकम रू. १४ करोड २३ लाखभन्दा बढी कायम भएको छ । 

चालू आवको पहिलो त्रैमाससम्म कम्पनीले गत आवभन्दा २ दशमलव २८ प्रतिशत बढी रू. १ अर्ब ४५ करोड निक्षेप संकलन गरेको छ । कम्पनीले करिब ५ प्रतिशत बढी रू. ५ अर्ब १० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत आवभन्दा यस आवमा कम्पनीले ४ दशमलव ८६ प्रतिशत बढी रू. ३ अर्ब ५ करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।

गत आवमा ४ दशमलव ६५ प्रतिशत निष्क्रिय कर्जा रहेको कम्पनीको यस आवमा उक्त कर्जा बढेर ४ दशमलव ८० प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ७१ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।