चितवन । चितवनमा कुल मतदाता संख्या मध्ये करिब ७० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि निर्धारित समय साँझ ५ बजेसम्म करिब ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
‘मतदान स्थलमा मतदान सकिएर मतपेटिका मतगणना स्थलमा ल्याउने तयारी भइरहेको थापाले बताए । केहि ठाउँमा फोन गरेर बुझ्दा खेरी अनुमानित ७० प्रतिशत जति मत खसेको पाइएको छ’, उनले भने ।
चितवनमा ४ लाख ८ हजार ३४२ जनाको नाम मतदाताको अन्तिम नामावलीमा रहेको थियो । चितवन–१ मा एक लाख ३९ हजार ८४५, चितवन–२ मा १ लाख २४ हजार २१४ र चितवन–३ मा १ लाख ४४ हजार २८३ मतदाता छन् ।
अहिले मतपेटिका संकलनको काम भइरहेको र सबै मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि मतगणना शुरू गरिने जनाइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।