काठमाडौं । काठमाडौं-१ मा लाेकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् । साेमबार बिहान ११ बजेसम्मकाे प्रारम्भिक नतिजा अनुसार उनले ७५४ मतसहित अग्रता लिएका छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पछ्याइरहेका छन् । मिश्रले ६८० मत पाएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएकाे थियाे ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।