सर्लाही -३ मा माओवादीको पहिलो अग्रता, कैलालीमा नागरिक उन्मुक्ति अघि लाग्यो

Share News

काठमाडौं । नेकपा माओवादी केन्द्रले सर्लाही -३ बाट पहिलोपटक शुरूवाती अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवार ६३५ मत सहित अग्रस्थानमा आएका छन् । उनलाई नेकपा एमालेका हरि प्रसाद उप्रेतीले ५१५ मत सहित पच्छ्याइ रहेका छन् ।

त्यस्तै नागरिक उनमुक्ति पार्टीले पनि कैलाली -१ मा शुरुवाती अग्रता लिएको छ । कैलाली १ मा नाउपाकी रञ्जिता श्रेष्ठले २६९ मत सहित अग्रता लिएकी छिन् । उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले १६० मत  ल्याएर पच्छ्याई रहेका छन् ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।