काठमाडौं । देशभरका ४० निर्वाचन क्षेत्रकाे मतगणनाकाे प्रारम्भिक नतिजा आउँदा एमाले एक्लै १२ स्थानमा अगाडि छ ।
साेमवार दिउँसाे साढे ३ बजेसम्मकाे मतगणनाकाे प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चालगायत दलकाे गठबन्धनले भने १४ स्थानमा अग्रता बनाएका छन् । तीमध्ये कांग्रेसले १२ स्थानमा अग्रता बनाएकाे छ । गठबन्धनकाे अर्काे दल माओवादी केन्द्र जम्मा १ क्षेत्रमा अगाडि छ । कांग्रेसले १ क्षेत्रमा विजय हासिल गरिसकेकाे छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता कायम गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान २ स्थानमा अगाडि छन् । जनमत पार्टीले १ स्थानमा अग्रता बनाएकाे छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।