राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा र सोविताले पनि लिए अग्रता, ६ ठाउँमा अघि लाग्यो रास्वपा

Share News

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ कि उम्मेदवार सोविता गौतम र ललितपुर ३ कि उम्मेदवार तोसिमा कार्कीले अग्रता लिएका छन् ।

काठमाडौं २ मा सोविता गौतमले १६९ मत ल्याउँदा एमाले उम्मेदवार मणिराम फुयाँलले १०९ मत ल्याएका छन् । ललितपुर ३ मा तोसिमाले १४८२ मत ल्याउँदा एमालेका अमृत खड्काले १४४८ मत ल्याएका छन् ।

यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ ठाउँमा अग्रता लिएका छन् । चितवन २ मा पार्टी अध्यक्ष रवि लामिछाने भने तेस्रो स्थानमा छन् ।

यस अघि काठमाडौं ६ र ७, झापा ४ र कास्की २ मा  रास्वपाले अग्रता लिएको छ । काठमाडौं ८ मा पनि अग्रता लिएकोमा अहिले रास्वपा दोस्रोमा झरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।