काठमाडौं । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।
गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
गुरुङले १०४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत ल्याएकी छिन् । खसेको मतमध्ये १४ मत बदर भएको थियो ।
अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।
यस अघि प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसकै योगेश गौचन थकाली विजयी भएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।