काठमाडौं । बाँके -२ र नवलपरासी -२ मा पनि राप्रपाले अग्रता लिएको छ । शुरुवाती मतगणना अनुसार बाँके २ मा धवलशमशेर राणा २२५३ मत सहित अग्र स्थानमा छन् । उनलाई निकटतम प्रतिद्वन्दी जनता समाजवादीका मोहम्मद इश्तियाक राईले १११३ मतसहित पच्छ्याइ रहेका छन् ।
नवलपरासी -२ मा राप्रपाका राप्रपाका धुब्र बहादुर प्रधान १३८९ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका देवेन्द्रराज कण्डेलले ५२७ मत ल्याएर पच्छ्याइरहेका छन् ।
झापा -३ मा राजेन्द्र लिङदेन र काठमाडौं -१ मा रविन्द्र मिश्रले पनि अग्रता लिएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।