काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले दर्जन बढी ठाउँमा कडा प्रतिस्पर्धामा गरिरहेको छ । ८ निर्वाचन क्षेत्रमा अग्रता लिएको रास्वापले ५ निर्वाचन क्षेत्रमा दोस्रो दल बनेको छ । २ निर्वाचन क्षेत्रमा तेस्रो दल बनेको छ ।
तर पार्टी अध्यक्षले प्रतिस्पर्धा गरेको चितवन -२ मा भने रास्वपा तेस्रो स्थानमा छ ।
शुरुवाती मतगणनामा एमालेका कृष्ण भक्त पोख्रेल ६८४ मत सहित अग्रस्थानमा आउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ ५२५ मतसहित दोस्रो स्थानमा छन् ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने भने १६४ मत मात्रै पाएका छन् । यो अग्रता लिएका पोख्रेलको भन्दा ५२० मत र दोस्रो स्थानमा रहेका श्रेष्ठको भन्दा ३६१ मत कम हो ।
मतगणना स्थलमा समर्थक र श्रीमतिसहित उभिएका लामिछाने गम्भीर देखिएका छन् । चितवन २ मा रवि लामिछाने विजयी हुने एक्जिट पोलहरू सार्वजनिक भएपनि लामिछानेको शुरुवाती प्रदर्शनले मतदाताहरू झस्किएका छन् ।
लामिछानेका समर्थकहरू अहिले दर्गम क्षेत्रको मतगणना भइरहेकोले शहरी क्षेत्रको मतगणना हुँदा नतिजा उल्टिनेमा विश्वस्त छन् । तर. ग्रामिण क्षेत्रमै भएपनि लामिछानेको यति कम भोट कसरी आयो भन्ने प्रश्नले उनका समर्थकलाई सताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।