बागलुङ -१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, एमालेका डाक्टरलाई घण्टीका इन्जिनियरले उछिने

Share News

काठमाडौं । बागलुङ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले शुरुवाती अग्रता लिएका छन् । कँडेलले २५८ मत ल्याउँदा एमाले उम्मेदवार डा. सूर्य पाठकले २४६ मत ल्याएका छन् ।

कँडेल पेशाले इन्जिनयर हुन भने पाठक विद्यावारिधी गरेका डाक्टर हुन् । 

कँडेलले एमालेबाट टिकट नपाएपछस राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका थिए । उनलाई लौरो अभियानको पनि समर्थन छ ।

यो सहित राष्ट्रिय स्वतन्त्र पार्टीले ९ स्थानमा  अग्रता लिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।