काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा लिएर विवाद हुँदा मतगणना रोकिएको हो ।
क्षेत्र नं ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधिसभा सदस्यका लागि ४ हजार ८४३ मतगणना भएको छ ।
जसअनुसार साइकल चुनाव चिन्हमा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले १ हजार ८८३ मत, नेपाली कांग्रेसका प्रमोद यादवले १ हजार ३४० मत, जनमत पार्टीका भोपेन्द्र प्रासद यादवले लाउडस्पिकर चुनाव चिह्नमा १ हजार ३३ मत प्राप्त गरेका छन् । यो बाहेकको तथ्याङ्क आधिकारिक नभएको निर्वाचन अधिकृत आचार्यले बताए ।
फरक मतपेटिकामा फरक मत देखिएकाले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत आचार्यले यस विषयमा सर्वदलीय बैठक बसी सहमतिको प्रयास भइरहेको बताए । उनले सहमति गरेर आधा घण्टाभित्रै मतगणना शुरू गरिने जानकारी दिए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।