समानुपातिकमा पनि घण्टीलाई नसोचेको मत, कांग्रेस र एमालेपछि घण्टीमा आयो सर्वाधिक

Share News

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनापछि देशभरका मतगणनास्थलमा समानुपातिक प्रणालीतर्फको मतगणना पनि शुरू भएको छ ।

निर्वाचन आयोगका अनुसार २१ हजार समानूपातिक मत गणना हुँदा पहिलोमा कांग्रेस, दोस्रोमा एमाले र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ ।

आयोगको विवरण अनुसार नेपाली कांग्रेस करिब ३० प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि छ भने एमालेले २५ प्रतिशतको हाराहारीमा मत पाएको छ ।

निर्वाचनको केही समय अघि मात्रै दर्ता भएको रवि लामेछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १८ प्रतिशत र माओवादी केन्द्रले १० प्रतिशत हाराहारीमा मत पाएको छ ।

समानुपातिकमा कुन दलको कति मत ?

नेपाली कांग्रेस    ६,२४९
एमाले    ५,१८४
राष्ट्रिय स्वतन्त्र पार्टी    ३,६४९
माओवादी केन्द्र    २,०२१
राप्रपा    १,४८१
नेपाल मजदुर किसान पार्टी    ५८३
जनमत पार्टी    ५५९
जनता समाजवादी पार्टी नेपाल    ५१४
एकीकृत समाजवादी    १९४
हाम्रो नेपाली पार्टी(लौरो)    १६९
अन्य    ६५०

स्रोत : निर्वाचन आयोग
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।