काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभामा दोस्रो जित हात पारेको छ । मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेक बहादुर गुरुङ निर्वाचित भएका छन् ।
कांग्रेसका गुरुङले २०२५ मत ल्याउँदा एमालेका पोल्देन छोपाङ गुरुङ्गले १८३० मत ल्याएका छन् ।
यस अघि कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको थियो ।
मुस्ताङबाट २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका थिए ।
कांग्रेसले अहिलेसम्म ३ ओटा प्रदेश सभा सदस्य पनि जितेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।