नेकपा एमालेले पनि खोल्यो जितको खाता : ललितपुर -२ मा प्रेम बहादुर महर्जन विजयी 

Share News

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा पहिलो जित हात पारेको छ । ललितपुर २ मा एमालेका प्रेम बहादुर महर्जन १९ हजार ८३४ मत सहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली  पार्टीका सुदिन  शाक्यले १० हजार ४४० र राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत  ल्याएका छन् ।

स्वतन्त्र अभियानका दुई दलले छुट्टा छुट्टै प्रतिस्पर्धा गरेपछि एमालेले दोब्बर मतान्तरमा जित हात पारेको हो ।

स्वतन्त्र अभियानका दुई उम्मेदवारले पाएको मत एमालेले पाएको मत भन्दा १ हजार बढी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।