काठमाडौं। देशभरका ४० निर्वाचन क्षेत्रको मतगणनाको प्रारम्भिक नतिजा आउँदा एमाले एक्लै १२ स्थानमा अगाडि थियो । सोमवार दिउँसो साढे ३ बजेसम्मको मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलको गठबन्धनले भने १४ स्थानमा अग्रता बनाएका थिए ।
तीमध्ये कांग्रेसले १२ स्थानमा अग्रता बनाएका थियो । गठबन्धनको अर्को दल माओवादी केन्द्र जम्मा १ क्षेत्रमा अगाडि थियो। अहिले माओवादीले र नेकपा एकिकृत समाजवादीले आफ्नो अग्रता बढाउँदै समान ९ स्थानमा अग्रता लिएका छन् ।
कांग्रेसले मुस्ताङमा विजय हासिल गरेको नतिजा आएपछि एकाएक अग्रता लिंदै गयो। एमालेभन्दा दोब्बर अगाडी देखिएको काँग्रेसले ३७ स्थानमा अग्रता कायम गर्दा एमालेको मात्रै १७ स्थानमा अग्रता लिएको थियो । जसले गर्दा काँग्रेसले अप्रत्याशित नतिजा ल्याउन सक्ने आँकलन हुन थालेको थियो ।
तर, पछिल्लो समय खोलिएका मतपेटिकाबाट प्राप्त नतिजाले भने एमाले कांग्रेसको लगभग समान हैसियत देखाउने संकेत गरिरहेको छ । अहिले नेपाली कांग्रेसले ३८ स्थानमा अग्रता लिंदा एमाले ३१ स्थानमा अघि छ । जुन कांग्रेसको भन्दा ७ स्थान मात्रै कम हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।