मकवानपुर -२ मा समाजवादीका विरोध खतिवडालाई एमालेका महेश बर्तौलाले उछिने

Share News

काठमाडौं । मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् । यो क्षेत्रमा यस अघि एकिकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिइरहेका थिए ।

६ हजार ५१८ मत गणना हुँदा बर्तौलाले २ हजार ७३३ मत पाएका छन् भने समाजवादीका खतिवडाले २ हजार ६८६ मत पाएका छन् । उनीहरू बीचको मतान्तर ४७ मतको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट विरोध खतिवडा निर्वाचित भएका थिए । एमाले बाट छुट्टिएर माधव नेपालको  नेतृत्वमा समाजवादी गठन भएपछि खतिवडा समाजवादीमा लागेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।