कर्णाली : जुम्लामा ज्ञानेन्द्र शाही ६२% मतसहित अग्रस्थानमा, सुर्खेतमा थानी र सल्यानमा ज्वालाको अग्रता

Share News

कर्णाली । प्रतिनिधिसभा सदस्यमा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो अग्रता लिएका छन् ।

प्रतिनिधिसभातर्फ २ हजार ७१ मत गणना हुँदा राप्रपा उम्मेदवार शाहीले १ हजार २९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिए । 

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा गौतम (कुँवर)ले ५२२, नेकपा (एमाले)का रतननाथ योगीले १०१, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ५३ मत प्राप्त गरेका छन् । आइतवार सम्पन्न मतदानमा जुम्लामा ४४ हजार ६१४ मत खसेको थियो । 

दैलेख-१ मा पूर्व सहकर्मीबीच टक्कर 
दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा र नेकपा एमालेका रबीन्द्रराज शर्माबीच टक्कर देखिएको छ ।

हाल २ हजार ८५२ मत गणना हुँदा शर्माले १ हजार ३६१ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले १ हजार २०९ मत प्राप्त गरेका छन् । राप्रपा उम्मेदवार कुन्तीकुमारी शाहीले ८१ मत प्राप्त गरेकी छन् ।  

सल्यानमा ज्वाला अगाडि
सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले अग्रता कायम राखेका छन् । उनले २ हजार ५१६ मत प्राप्त गरेका छन्  भने स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १ हजार ६३७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका राजेन्द्रवीर रायले ५२१ मत प्राप्त गरेका छन् ।

सुर्खेत-२ मा कांग्रेसका थानीको फराकिलो अग्रता
सुर्खेत क्षेत्र नं २ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका हृदयराम थानीले पनि फराकिलो अग्रता लिएका छन् । कुल १० हजार ७९ मत गणना हुँदा थानीले ५ हजार ११८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अमृत बिसीले ३ हजार ६७४ मत प्राप्त गरेका छन् ।-रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।