काठमाडौं। काभ्रे –२ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । यस अघि अग्रता बनाएका नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन् ।
सोमवार राति ८८३ मत गणना हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ५१४ मत पाएका छन् भने एमालेका बाँस्कोटाले ३२३ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ३० मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै एमालेका बाँस्कोटा विजयी भएका थिए ।
केपी ओलीका विश्वासपात्र भनेर चिनिने बाँस्कोटा सञ्चारमन्त्री हुँदा ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएको थियो । त्यसपछि बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।