काठमाडौं । बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिलोपटक अग्रता लिएका छन् ।
सोमवार राति सार्वजनिक मत परिणाम अनुसार केसीले १४५१ मत पाएका छन् भने नेकपा एमालेका सूर्यप्रसाद पाठकले ९५९ मत पाएका छन् ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ८२० मत पाएका छन् ।
यो क्षेत्रबाट २०७४ सालमा एमालेका सूर्यप्रसाद पाठक निर्वाचित भएका थिए । उनले कांग्रेस उम्मेदवार चम्पा खड्कालाई पराजित गरेका थिए ।
२०६४ को पहिलो संविधान सभा निर्वाचनमा चित्र बहादुरले नेपाली कांग्रेसका मणिभद्र कंडेललाई पराजित गरेका थिए । २०७० मा समानुपातिक सांसद बनेका केसी २०७४ मा पनि समानुपातिकमै बसेका थिए । तर जनमोर्चाको कुल समानुपातिक मतले १ सिट पनि नपाउँदा उनी संसद छिर्न पाएका थिएनन् ।
अहिले पनि समानुपातिकमा बस्दा संसद छिर्न नपाइने हो कि भन्ने चिन्ताले केसी प्रत्यक्षमै होमिएका हुन् । त्यसमाथि ५ दलिय गठबन्धन हुँदा केसीमा चुनाव जित्ने आत्म विश्वास बढेको बागलुङका स्थानीयहरू बताउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।