काठमाडौं । कैलालीमा मतगणना जारी रहेका सबै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । जेल जीवन बिताइरहेका रेशम चौधरीले खाोलेको नागरिक उन्मुक्ति पार्टीले कैलाली सहित बर्दियामा पनि अग्रता लिएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १,२, र ३ मा नागरिक उन्मुक्तिले अग्रता लिएको छ । ४ र ५ मा भने मतगणना शुरू भएको छैन ।
कैलाली -१ मा नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पछि पारेकी छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका चौधरीले ११९९ मत ल्याउँदा रञ्जिताले १८५७ मत सहित अग्रता लिएकी छन् ।
त्यस्तै कैलाली -२ मा माओवादी केन्द्रका भगत बडुवालले १४६ मत ल्याउँदा उन्मुक्तिका अरुण कुमार चौधरीले ४२७ मत सहित अग्रता लिएका छन् ।
त्यस्तै कैलाली -३ मा माओवादी केन्द्रका कृष्णकुमार चौधरी 'कुन्दन'ले ४६४५ मत ल्याउँदा उन्मुक्तिबाट गंगाराम चौधरीले ५८१३ मत सहित अग्रता लिएका छन् ।
त्यस्तै बर्दिया १ मा कांग्रेसका सञ्जयकुमार गौतमले २४२२ मत ल्याउँदा उन्मुक्तिका ठाकुरसिंह थारूले ३५७७ मत सहित अग्रता लिएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।