काठमाडौं । काठमाडौं–४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ५ हजारभन्दा कम मत गन्न बाँकी रहँदा उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईभन्दा झण्डै ६ हजार मतान्तरले अगाडि छन् । यस आधारमा उनी विजयी भएका हुन् । यद्यपि मतगणना भने सकिन बाँकी छ ।
चुनावअघि आफूलाई भावी प्रधानमन्त्रीकाे दाबेदार बताएका थापाले १९ हजार १९ मत ल्याउँदा भट्टराईको मत १३ हजार ३२ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. ठाकुरमोहन श्रेष्ठले ३ हजार १९० मत पाएका छन् ।
याे चुनावमा जित हासिल गरेसँगै उनले प्रतिनिधिसभामा ह्याट्रिक जित गरेका छ । यसअघि थापा २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यससँगै प्रतिनिधिसभा सदस्यमा कांग्रेसले ४ सिटमा जित हासिल गरेकाे छ । एमाले भने १ क्षेत्रमा विजयी भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।