आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ?

Share News

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आव २०७८/ ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ६ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल विमा प्राधिकरणबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।