विश्वकप फुटबल : आज ४ खेल, पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै

Share News

काठमाडौं । फिफा विश्वकप फुटवल अन्तर्गत कतारमा जारी खेलमा मंगलवार चार ओटा खेल हुने भएको छ । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज भने समूह सी र समूह डी का दुई दुई खेल हुनेछन ।

स्थानीय लुसेल रंगशालामा समूह सी मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीच दिउँसो पौने ४ बजे  खेल शुरु हुनेछ । दोस्रो खेलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसिया भिड्नेछन् । यो खेल एजुकेसन सिटी रंगशालामा साँझ पौने ७ बजेदेखि शुरु हुनेछ ।

समूह सी कै अर्को खेलमा मेक्सिको र पोल्याण्ड बीच पौने १० बजे राती प्रतिस्पर्धा हुनेछ । चौथो खेलमा भने समूह डी मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियासँग खेल्दै विश्वकप उपाधि रक्षा अभियान शुरु गर्नेछ । यो खेल अल जानोब रंगशालामा राति पौने १ बजे  शुरु हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।