काठमाडौं । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा जितकाे खाता खोलेको छ । कैलाली–३ बाट गंगाराम चौधरीले जित हासिल गरेका छन् ।
मंगलवार सार्वजनिक गरिएकाे मतपरिणाम अनुसार चौधरीले २३ हजार १२० मत पाए । उनका निकतटम प्रतिस्पर्धी गठबन्धनका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याए । त्यस्तै, नेकपा एमालेबाट गौरिशंकर चौधरी ९ हजार ८७४ मत पाए ।
यसअघि नेपाली कांग्रेसले ४, नेकपा एमालेले १ स्थानमा जित हासिल गरिसकेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।