काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर मतगणना जारी छ । केही क्षेत्रको मतपरिणाम आइसकेको छ । तीमध्ये नेपाली कांग्रेसले ४, नेकपा एमालेले २, नागरिक उन्मुक्ति पार्टीले १ स्थानमा जित हासिल गरेका छन् ।
मतगणना भइरहेका निर्वाचन क्षेत्रमा अग्रता लिएका उम्मेदवार हेर्दा कांग्रेस र एमाले सँगसँगै देखिएका छन् । मंगलवार अपराह्न २ः३० बजेसम्मको मतपरिणाम अनुसार लोकतान्त्रिक वाम गठबन्धनको मुख्य दल कांगेसले ४५ स्थानमा अग्रता बनाएको छ । नेकपा एमालेका उम्मेदवार भने ३९ स्थानमा अघि छन् ।
अन्य दलको अवस्था के छ ?
गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र १३ क्षेत्रमा अगाडि रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यति नै क्षेत्रमा अग्रता बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले भने ७ स्थानमा अग्रता लिएका छन् ।
गठबन्धनकै सहयात्री दल नेकपा एकीकृत समाजवादी भने ६ क्षेत्रमा अगाडि छ । एमालेसँग मधेशमा गठबन्धन गरेको जनता समाजवादी पार्टी (जसपा)ले भने ४ क्षेत्रमा अग्रता बनाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।