नेप्सेले गर्‍यो ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार ग्लोबल आईएमई बैंकको  बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. २४४ दशमलव शून्य ८ तोकेको छ ।

कम्पनीले अन्तिम शेयर मूल्य रू. २५१ द्यशमलव ४० को आधारमा शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले आव २०७८/ ७९ को मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र १० दशमलव ६० प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २३  गते साधारण सभा बोलाएको छ । सभा सिलभर ओक ब्याङक्वेट, काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको हो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।