काठमाडौं । चितवन -२ मा रवि लामिछानेले १ हजार मतको अग्रता बनाएका छन् । हिजो मतगणना शुरू हुँदा तेस्रो स्थानमा रहेका रवि बिहान दोस्रो स्थानमा हुँदै २ घण्टा अघि मात्रै पहिलो स्थानमा उक्लिएका हुन् । पछिल्लो २ घण्टाको मत गणनामा रविले करीब १ हजार मतको अग्रता लिएका छन् ।
लामिछानेले ५ हजार १२८ मत ल्याउँदा एमालेका कृष्ण पोखरेलले ४ हजार १६६ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका १३ उम्मेदवारले अग्रता लिएका छन् भने समानुपातिक तर्फ १३ प्रतिशत मत सहित पार्टी तेस्रो स्थानमा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।