काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर मतगणना जारी छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ७ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ, जसमा ४ क्षेत्रमा नेपाली कांग्रेस, २ मा नेकपा एमाले र १ मा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेका छन् ।
समानुपातिकतर्फको मतगणना पनि जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार मंगलबार अपराह्नसम्म समानुपातिकतर्फ एमालेले १ लाख मत कटाएको छ । उसले १ लाख १६ हजार ६९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक मतका आधारमा दोस्रोमा नेपाली कांग्रेस छ । उसले ९९ हजार ३७१ मत पाएको छ ।
निर्वाचनअघि दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने ५० हजार २०१ मत कटाएको छ । यस्तै, नेकपा माओवादी केन्द्रले ४४ हजार ९ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २८ हजार ८१ मत ल्याएका छन् । अन्य दलले भने १० हजार मत कटाउन सकेका छैनन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।