काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर प्रत्यक्ष र समानुपातिकतर्फकाे मतगणना भइरहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका ७ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ४ क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेले भने २ क्षेत्रमा जित हासिल गरेको छ । १ क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले विजयी भएको छ ।
यस आधारमा एमाले कांग्रेसभन्दा पछि देखिएको छ । मतगणनामा अग्रताका हिसाबले पनि एमाले कांग्रेसभन्दा पछि छ । कांग्रेसले ४८ क्षेत्रमा अग्रता हासिल गर्दा एमाले उम्मेदवार ४० क्षेत्रमा अघि छन् ।
प्रत्यक्षतर्फ कांग्रेसभन्दा पछि रहेको एमाले समानुपातिक मतका हिसावमा पहिलो बनेको छ । निर्वाचन आयोगका अनुसार एमालेले १ लाख १६ हजार ६९ मत ल्याउँदा कांग्रेसले ९९ हजार ३७१ मत ल्याएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।