कास्की–२ : घन्टीको अग्रतामा दुई दिनपछि ब्रेक, एमाले उम्मेदवार भट्टराईले उछिनिन्

Share News

काठमाडौं । कास्की–२ मा मतगणनाको शुरुवातदेखि अग्रता लिएका थिए, राष्ट्रिय स्वतन्त्र पार्टी (चुनाव चिह्न घन्टी)का उम्मेदवार माधवप्रसाद कँडेल । मतगणनाको दुई दिनपछि भने उनको अग्रतामा ब्रेक लागेको छ ।

उनलाई उछिनेकी छन्, नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले । मंगलबार राति ८ बजेसम्मको मतगणनाको नतिजा अनुसार भट्टराईले ५ हजार ५८९ मत ल्याएकी छन् । उनको निकटतम प्रतिस्पर्धी कँडेलको मत ५ हजार १९३ छ । दुवै उम्मेदवारको मतान्तर ३९६ छ । 

सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ३ हजार ३६७ मत ल्याएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।