काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।
बुधवार बिहान सम्पन्न मतगणना अनुसार राणाले १७ हजार ७४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज सिलवालको मत संख्या १५ हजार ४१४ मत पाएका छन् ।
यो क्षेत्रबाट २०७४ सालमा सिलवालले राणालाई हराएका थिए ।
कांग्रेसले हालसम्म चुनाव जितेका ७ सिटमध्ये ४ सिट एमालेबाट खोसेको हो । अघिल्लो चुनावमा एमालेले जितेका मनाङ–१, मुस्ताङ–१, काठमाडौं–३ र काठमाडौं–५ मा यसपटक कांग्रेसले जितेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।