घण्टीमा १३ प्रतिशत समानुपातिक मत, कुन दलको कति ?

Share News

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब १३ प्रतिशत समानुपातिक मत परेको छ । 

बुधवार बिहान १ः३० बजेसम्म सार्वजनिक मतपरिणाम अनुसार पार्टीको चुनाव चिह्न घण्टीमा ७५ हजार ७९ मत परेको हो । यो कूल सदर मत संख्याको १२.७५ प्रतिशत हो । सर्वाधिक समानुपातिक मत पाउने दलका आधारमा स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । 

ऊभन्दा अघि नेकपा एमाले र नेपाली कांग्रेस छन् । एमालेले १ लाख ६८ हजार ३४० मत पाउँदा कांग्रेसले १ लाख ४७ हजार १८९ मत पाएको छ । एमालेले पाएको मत कूल मत संख्याको २८.६० प्रतिशत र कांग्रेसले पाएको मत २५.०१ हो । 

यस्तै, नेकपा माओवादी केन्द्रले ७१ हजार २५० मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३९ हजार ५७६ मत पाएको छ । माओवादी केन्द्र र राप्रपाले पाएको मत क्रमशः १२.१० र ८.१० प्रतिशत हो । 

कुन दलको कति ?

स्रोत : निर्वाचन आयोग 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।